काठमाडौं। अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा श्री भगवती क्लबसँग अंक बाँडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा यी दुई क्लबले २-२ को बराबरी खेलेेका हुन्।
एपिएफका आयुश सरकार र पुजन ढकालले गोल गरे। श्री भगवतीका सविर श्रेष्ठ र अनिल परियारले गोल फर्काए।
बराबरीसँगै १० खेलमा १६ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ। श्री भगवती समान खेलबाट १० अंकका साथ नवौं स्थानमा उक्लिएको छ।