काठमाडौं। किलियन एमबाप्पे अब रियल मड्रिडका महान् खेलाडीहरू फेरेन्क पुस्कास, क्लारेन्स सीडोर्फ र लुइस फिगोको पदचिह्नमा हिँड्ने भएका छन्।
मिडफिल्डर लुका मोड्रिच एसी मिलान गएपछि क्लबले मंगलबार राति एमबाप्पेलाई जर्सी नम्बर १० दिएको हो। २६ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट रियल आएपछि आफ्नो पहिलो सिजनमा नम्बर ९ जर्सी लगाएका थिए।
उनले २०२४–२५ सिजनमा सबै प्रतियोगितामा जम्मा ४४ गोल गरेका थिए, तर कुनै मुख्य उपाधि भने जित्न सकेनन्।
रियलको नम्बर १० जर्सी पहिरिने अन्य चर्चित खेलाडीमा घिओर्गे हागी, माइकल लाउडरप, रोबिन्हो र मेसुट ओजिल पनि पर्दछन्।