शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै

मंगलबार, १३ श्रावण २०८२खेलपाटी संवाददाता
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशको खेलकुद क्षेत्रमा अहिले ‘अफैदा खान्दकर’ नाम विशेष चर्चामा छ।

बंगलादेश महिला फुटबल टोलीकी कप्तान अफैदाले टिमलाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनको कप्तानीमा टोलीले अष्ट्रेलियामा आयोजना हुने एसियन कप फुटबलका लागि बंगलादेशले पहिलो पटक छनोट हुँदै इतिहास रच्यो।

तर, अफैदाको यो आशालाग्दो सफलताको छायाँले उनकी दिदी अफराको संघर्षमय यात्रा भने प्रायः ओझेलमा रहँदै आएको थियो। अफरा फुटबलर होइनन्। उनले चुनेको बाटो फुटबल मैदानको पनि होइन। हो त बक्सिङ रिङ हो।

वर्षौंदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी अफराले महिला जुनियर बक्सिङ च्याम्पियनसिप, बंगलादेश युथ गेम्स, विजय दिवस र स्वतन्त्रता दिवस प्रतियोगिताहरूमा स्वर्ण पदक जितिसकेकी छन्। तर, बंगलादेशमा फुटबल र क्रिकेटले जति प्रचार पाउँछ, बक्सिङले त्यति पाउँदैन।

यद्यपि, अहिले राजधानी ढाकामा जारी ३१औं पुरुष तथा सातौं महिला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा अफराको प्रदर्शन र उनकी बहिनी अफैदाको लोकप्रियता ह्वात्तै बढेको छ। अफरालाई पनि पहिलो पटक राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ।

बंगलादेश अन्सारबाट प्रतिस्पर्धा गरिरहेकी अफरा अहिले महिला ५२ केजी तौल समूहमा सेमिफाइनलसम्म आइपुगेकी छन्। दुवै दिदीबहिनीको यात्रा फरक भए पनि एक अर्काबाट छुटिएका छैनन्। अफराको आफ्नो चाहना पनि फुटबलमै थियो।

‘पहिला त मलाई फुटबल खेल्नै मन थियो। मैले बीकेएसपीमा फुटबलका लागि आवेदन दिएकी थिएँ तर नाम निस्किएन,’ अफराले भनिन्, ‘पछि प्रतिभा खोजी कार्यक्रममार्फत १५ दिनको तालिम लिएपछि म बक्सिङमा भर्ना भएँ। सुरुमा फुटबल नखेलेकोमा अफसोस लागेको थियो, तर अहिले छैन। म बक्सिङमा राम्रो गरिरहेकी छु।’

अफैदा र अफराको सफलतामा उनीहरूका पिता आरिफ हसन प्रिन्सको ठूलो योगदान छ। उनीहरूका आमा–बुबा नियमित रूपमा सथ्खिराबाट ढाका पुगेर दुवै छोरीलाई हौसला दिन्छन्। चाहे त्यो फुटबल मैदान होस् वा बक्सिङ रिङ।

अफैदाले बंगलादेशको महिला फुटबलको नेतृत्व गर्दै इतिहास कोर्दै गर्दा अफरा भने बक्सिङमार्फत आफ्नै पहिचान बनाउन लागिपरेकी छन्। उनी भन्छिन्,‘फुटबल र क्रिकेटको छायाँमा बक्सिङ अलिक ओझेलमा पर्छ, तर प्रगति भइरहेको छ। दीर्घकालीन प्रशिक्षण पाए अन्तर्राष्ट्रिय स्तरमा पनि नतिजा ल्याउन सक्छौं।’

शारीरिक शिक्षामा स्नातक गरेकी अफरा भविष्यमा बक्सिङ प्रशिक्षक बन्ने लक्ष्य पनि बोकेकी छन्। राष्ट्रिय महिला च्याम्पियनसिपमा पहिलो पटक सहभागी हुँदा रजत पदक जितेकी अफरा अहिले स्वर्णनजिक पुगेकी छन्।

अफैदाको लोकप्रियता आफूका लागि पनि गर्वको विषय भएको अफरा बताउँछिन्। ‘अफैदाको सफलता हाम्रो परिवारका लागि गर्वको कुरा हो। हामी सबै धेरै खुसी छौं,’ उनी भन्छिन्।

अफैदा र अफरा दुई बहिनी, दुई खेल। एउटीले राष्ट्रिय गौरव बटुलेकी छन्, अर्कीले कम चर्चित खेलमा थुप्रै पदक जितेकी छन्। तर, दुवैको साझा परिचय हो खेलकुदप्रतिको निष्ठा, संघर्ष र सपना। सथ्खिराबाट सुरु भएको यो यात्रा अहिले राष्ट्रिय स्तरमा चम्किन थालेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

२०३० सम्म आर्सनलमै रहने भए साका

२०३० सम्म आर्सनलमै रहने भए साका

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक