काठमाडौं। भारतले आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म ताजिकिस्तान र उज्बेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने भएको छ।
आयोजक मध्य एसियाली फुटबल महासंघ (काफा) ले भारतलाई मलेसियाको स्थानमा प्रतिस्पर्धा गरेको हो।
आठ टोली सहभागी हुने दोस्रो संस्करणको प्रतियोगिताका लागि मलेसिया र ओमानलाई अतिथि टोलीको रूपमा निमन्त्रणा गरिएको थियो। तर, मलेसियाले खेलाडी उपलब्धता र यात्रा व्यवस्थापनका समस्या देखाउँदै जुलाई १५ मा प्रतियोगिताबाट नाम फिर्ता लिएको हो।
भारतको यो पहिलो सहभागिता हुनेछ। प्रतियोगिता फिफाको आधिकारिक अन्तर्राष्ट्रिय विन्डोमा नपरेकाले पनि मलेसियाको लागि समस्या बनेको बताइएको छ। फिफा विन्डो सेप्टेम्बर १ देखि ९ सम्म मात्र हो।
प्रतियोगितामा ओमान दोस्रो अतिथि टोलीको रूपमा रहनेछ। प्रतियोगिताको पहिलो संस्करण सन् २०२३ मा भएको थियो, जसमा इरान विजेता बनेको थियो।