क्रेजी ब्याटर पन्त !

काठमाडौं। ऋषभ पन्तले मैदानमा मात्रै होइन, मैदानबाहिर पनि थुप्रै अचम्म लाग्दा काम गरिसकेका छन्। तर, म्यानचेस्टरमा उनले जुन गरे त्यो सायद उनको करिअरकै सबैभन्दा हैरान बनाउने निर्णय थियो। पूरै बेहोसमा, डाक्टरी सल्लाहको विपरीत र चोटिल खुट्टा लिएर ब्याटिङ गर्न मैदान उत्रिए।
तपाईलाई लाग्न सक्छ यो त पन्तका लागि पनि हद नै भयो। यो यस्तो क्षण थिएन, जहाँ उनले खेल बचाउन नम्बर ११ मा ब्याटिङ गर्न आउनुपर्ने थियो। त्यो बेला भारतको स्कोर ३१४–६ थियो। बल दुवै दिशामा स्विङ भइरहेको थियो र पिचबाट अनियमित बाउन्स पनि भइरहेको थियो। विश्लेषकहरूको भनाइ थियो–भारतले यस्तो अवस्थामा जोखिम लिनै पर्दैनथ्यो।
पन्तले ४८ बलको छोटो इनिङ्समा दोस्रोपटक तीव्र बलरलाई ‘रिभर्स स्वीप’ गर्ने प्रयास गर्दा खुट्टामा चोट लागेको थियो। यो सिरिजमा बल लगातार स्विङ हुँदै गएका छन्। त्यो बल अलिकति स्लो थियो। तर, खतरनाक थियो। खुट्टाको हड्डी पनि भाँच्न सक्थ्यो।
जो कसैले पनि हड्डीको चोट देखेका वा भोगेका छन् भने यस्तो अवस्थामा सायद आराम गर्थे। चोटपछि पन्तले खुट्टा टेक्न पनि सकिरहेका थिएनन्। राति अस्पतालबाट फर्कँदा खिचिएको भिडिओमा उनको खुट्टामा ठूलो मूनबुट लगाइएको देखिन्थ्यो।
भोलिपल्ट सम्पूर्ण टोली मैदानमा अभ्यासमा व्यस्त थियो। पन्त पुनः अस्पताल गए। भाँचिएको खुट्टाको कुनै जादूमय औषधि त हुँदैन। सायद उनी हेर्न गएका थिए– के अलिकति हिँड्न मिल्ला त? वा के ब्याटिङ गर्न छुट पाइएला त?
केही समयपछि उनी मूनबुट लगाएर बैसाखीको सहारामा मैदानमै देखा परे। भारतले अर्को विकेट गुमाइसकेको थियो। तर, शार्दुल ठाकुर र वाशिंगटन सुन्दर क्रिजमा टिकिरहेका थिए। बल स्विङ त भइहेको थियो तर इङ्ल्यान्डले त्यसको खास फाइदा उठाउन सकिरहेको थिएन।
केही समयपछि टिभी क्यामेरामा पन्त मुख्य प्रशिक्षक गौतम गम्भीरको पछाडि सेतो पोशाकमा देखिए। यदि उनलाई ब्याटिङ नै गर्नु थिएन भने होटलमा आराम नगरी किन मैदान आए?
३१४ मा ६ विकेट भएको बेला उनी ब्याटिङ गर्न आउँछन् भन्नु त गाह्रो छ। ३० रनमै ४ विकेट गुमे पनि सायद आउँदैनन् थिए। तर, पन्तले कहिले दर्शकको अपेक्षा अनुसार काम गरेका छन् र? शायद कहिल्यै छैनन्।
सिड्नी २०२०–२१ मा उनलाई यस्तो चोट लागेको थियो। तर, ९७ रनको इनिङ्स खेले। त्यहाँ उनी हातसमेत हल्लाउन सकिरहेका थिएनन्। पेनकिलर खाए, नेटमा गए, आफैँलाई सोधे– दुखेको छ कि छैन भनेर, अनि प्रहार गरे। उनलाई कसैले सम्झाएर रोक्न सम्भव थिएन।
कार दुर्घटनाबाट चमत्कारिक रूपमा डाक्टरहरूको टाइमलाइनभन्दा धेरै चाँडो फर्केर आएकै हुन् उनी। त्यसैले पन्तलाई कसले भन्ने के ठीक हो के होइन भनेर? सायद उनले आफैँ निर्णय लिएका थिए ब्याटिङ गर्ने कि नगर्ने। यस्तो निर्णय कुनै पनि टिम म्यानेजमेन्टले हल्का रूपमा गर्दैन।
स्वास्थ्यको दृष्टिले मात्रै होइन, खेलको सन्दर्भमा पनि यो निर्णय अनौठो थियो। अर्का सेट ब्याट्सम्यान क्रिजमा थिए। के भर्खरैसम्म खुट्टा टेक्न नसक्ने पन्त रनिङका लागि तयार थिए? के यसले वाशिंगटनको लयलाई असर नगर्यो होला त?
तर, पन्तले दौडेर रन लिन थाले। आफ्नो इनिङ्समा उनले १४ रन दौडेर बनाए। पहिलो दिनको अन्त्यमा इङ्ल्यान्डका स्पिनर लियम डसोनले नै भने,‘पन्तलाई देखेर लाग्दैन कि उनी फेरि खेल्न सक्ने अवस्थामा छन्।’
तर, पन्त ब्याटिङ गर्न फर्किए। इङ्ल्यान्डले रणनीति बदल्यो उनको खुट्टालाई लक्षित गरेर बल हाल्ने। यदि फेरि त्यही खुट्टामा चोट लाग्थ्यो भने स्थिति गम्भीर हुन सक्थ्यो। तर, पन्त जोगिँदै अघि बढे।
एउटा बल जुत्ताको ठीक अगाडि लागेरगयो। त्यसबेला पनि उनले फ्रन्ट फुट हटाएर आफैँलाई बचाउने कोसिस गरिरहेका थिएनन्। एक व्यक्तिलाई पेनकिलरको पनि सीमित मात्रा दिन मिल्छ। ती सबै पीडा र दबाइको बीचमा पन्तले जोफ्रा आर्चरको स्लोअर बललाई तानेर छक्का प्रहार गरे।
एक फुल लेन्थ बललाई जसोतसो ब्लक गर्दा बल्लमा लागेर चौका गयो र उनको अर्धशतक पूरा भयो। एक आतुर तर साहसी र असाधारण प्रतिभाशाली ब्याट्सम्यानको जोखिमपूर्ण शटले चोट निम्त्याएको थियो।
तर, त्यसपछि उनले जे गरे त्यो अझ जोखिमपूर्ण र अझ अविश्वसनीय थियो। तर, त्यो कदम बहादुरी, संकल्प र प्रतिभाले भरिएको थियो।
त्यसैले उनलाई भन्नेपर्छ, ‘क्रेजी ब्याटर पन्त !’











-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


