बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय

फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय

२०२५ जुलाई २४, बिहिबारखेलपाटी संवाददाता

फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय

काठमाडौं। नेपाली क्रिकेटको नयाँ अध्याय फेरि भारतबाटै सुरु हुन लागेको छ।

आगामी अक्टोबरमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली पुरुष क्रिकेट टोली भारतको बेंगलुरुस्थित बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को ‘सेन्टर अफ एक्सिलेन्स’ मा १७ दिने विशेष प्रशिक्षणमा छ। 

सेप्टेम्बर ४ सम्म चल्ने यो अभ्यास खेलमैत्री प्रशिक्षण मात्र होइन भारत–नेपालबीचको क्रिकेट कूटनीतिको अर्को शृंखला पनि हो। गत वर्षको अगस्टमा पनि नेपालले सोही केन्द्रमा प्रशिक्षण गर्ने अवसर प्राप्त गरेको थियो। 

बरोडा र गुजरात क्रिकेट संघसँगको त्रिकोणात्मक अभ्यास श्रृंखला खेलर फर्किएको नेपाली टोलीले त्यसयता मैदानभित्र र बाहिर उल्लेखनीय प्रगति गरेको छ। त्यसबेलादेखि भारतसँगको सहयोगको दायरा पनि विस्तार हुँदै आएको छ।

भारत सरकारका एक उच्च अधिकारीले भने, ‘क्रिकेटमार्फत भारत–नेपालबीचको पुरानो ऐतिहासिक सम्बन्धमा नयाँ आयाम थपिएको छ। यो कार्यले दुई देशका युवा खेलाडीहरूलाई नजिक ल्याएको छ। साँच्चिकै पछिल्लो वर्ष दुईमा नेपाली क्रिकेटले भारतसँगको समन्वयमा उल्लेखनीय फड्को मारिरहेको छ।’

सन् २०२४ को जनवरीमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीका खेलाडीसँग भेट गरेका थिए। उनले नेपालमा क्रिकेट पूर्वाधार र प्रतिस्पर्धात्मक विकासका लागि भारतको दीर्घकालीन समर्थन रहने स्पष्ट सन्देश दिएका थिए। 

त्यो भेटले मात्र होइन, त्यसपछि भएका निरन्तर क्रियाकलापहरूले पनि भारतको प्रतिबद्धता देखाएको छ। यही वर्षको मार्चमा नेपालमै डीडीसीए (दिल्ली एन्ड डिस्ट्रीक्ट क्रिकेट एसोसिएसन) र नेपालको यु–१९ टोलीबीच अभ्यास खेल आयोजना गरिएको थियो।

यसले भारतीय क्रिकेट निकायहरू नेपाली क्रिकेटको जग बलियो बनाउन चाहन्छ भन्ने प्रष्ट हुन्छ। त्यसैगरी, यही जुलाईमा तीनजना नेपाली यु–१९ खेलाडीलाई भारतीय दूतावासको पहलमा भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणको अवसर दिएको थियो।

पुरुष क्रिकेटमा मात्रै होइन, महिला क्रिकेटमा पनि सहयोगको विस्तार भइरहेको छ। थाइल्यान्डमा सम्पन्न विश्वकप छनोट एसियाली क्षेत्रको तयारीका लागि नेपाली महिला टोलीले दिल्लीमा अभ्यास क्याम्प चलाएको थियो। 

अप्रिल–मे महिनाको त्यो अभ्यासपछि नेपाल ग्लोबल छनोट भएको थियो। भारत र नेपालबीचको क्रिकेट सहकार्यलाई प्रशिक्षणको अवसरका रूपमा हेर्नु कम आँकलन हुनेछ। यो क्रिकेट कूटनीति हो, जसले दुई छिमेकी राष्ट्रबीचको सांस्कृतिक र युवा सम्बन्धलाई मजबुत बनाइरहेको छ। खासगरी युवापुस्तालाई जोड्ने सशक्त माध्यमका रूपमा क्रिकेट प्रयोग भइरहेको छ।

नेपालका लागि भारतको यस्तो सहयोग नीतिगत रूपमा दीर्घकालीन योजनाको हिस्सा देखिन्छ। नेपाली क्रिकेट अझै पूर्ण रूपमा व्यावसायिक नबनेको अवस्थामा छिमेकी मुलुकबाट पाइने यस्तो सुविधा र साझेदारी निर्णायक बन्न सक्छ।

अब नेपाली क्रिकेटको नजर बेंगलुरुमा हुने अभ्यासमा केन्द्रित छ। उच्चस्तरीय पूर्वाधार, बीसीसीआइको निर्देशन र भारतीय टोलीसँगको सम्भावित अभ्यास खेलले नेपाली टोलीलाई आगामी छनोटमा बलियो प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल