काजल उत्कृष्ट निर्णायक
आइतबार, ०४ श्रावण २०८२खेलपाटी संवाददाता
-1753017726.jpeg&w=3840&q=75)
काठमाडौं। तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वल्र्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन्।
अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ। प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन्।






-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)

-1768392748211.jpeg&w=3840&q=75)


-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)