आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भुटानसँगको सम्भावित विकल्प पनि गुमाउँदै नेपाल

बुधबार, साउन १, २०८२खेलपाटी संवाददाता
भुटानसँगको सम्भावित विकल्प पनि गुमाउँदै नेपाल
Classic Tech Internet Ad

काठमाडौं। दक्षिण एसियाली फुटबल सुस्त गतिमा रमाइरहेका बेला श्रीलंका भने फिफा वरीयता सुधार्न आक्रामक योजनामा उत्रिएको छ।

सन् २०२५ को अन्त्यसम्म वरीयता उकास्ने लक्ष्यसहित श्रीलंकन फुटबल महासंघ (एफएफएसएल) ले अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता आयोजना र खेल्ने तयारी गरिरहेको छ।

यता नेपाल भने तय भइसकेको २ मैत्रीपूर्ण खेल गुमाउँदै अन्तर्राष्ट्रिय खेलविहीन हुने सम्भावना उच्च छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जुलाईको दोस्रो साता सार्वजनिक गरेको बंगलादेशसँगको मैत्रीपूर्ण खेलको योजना अनिश्चितजस्तै छ। 

बंगलादेशले दक्षिण एसिया बाहिर बलियो टोलीसँग खेल्ने निर्णय गरेपछि एन्फा वैकल्पिक रूपमा भुटानसँग संवादमा जुटेको थियो।

सोमबार मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी भेटेर फर्किएका बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) अध्यक्ष ताबिथ अवलले अब को २ दिन कुन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भन्नेबारे टुंगो लगाउने बताएका छन्।

एन्फाका एक पदाधिकारीले यसअघि खेलपाटीसँग भनेका थिए,‘अरू राम्रो टोलीको प्रस्ताव छैन। तर, एन्फाले बोलायो भने भुटान आउछु भनेको छ।

तर, त्यसैबीच श्रीलंकाले सेप्टेम्बर १ देखि ९ सम्म साफ सुपर कप आयोजना गर्ने घोषणा गर्‍यो।

श्रीलंकाले माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानलाई निमन्त्रणा पठाइसकेको छ। यदि यी राष्ट्रहरूको सहमति मिल्यो भने नेपालबिनाको दक्षिण एसियाली मञ्च निर्माण हुनेछ।

योसँगै नेपाललाई ३८ वर्षे इतिहासमा पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएर इतिहास रचेका अब्दुल्ला अल्मुतारीले सम्हालेको श्रीलंकाली टोलीको योजना, लगन र रणनीतिले नजिकका प्रतिस्पर्धीलाई पछि छाड्ने छ।

श्रीलंकाका फुटबल अध्यक्ष जसवार उमरले भने,‘हामी सन् २०२५ को अन्त्यसम्म १९४औं स्थानमा पुग्ने लक्ष्यसहित योजना बनाउँदैछौं।’ सन् २०२३ मा २०७औं स्थानमा रहेको श्रीलंका अहिले १९६औं स्थानमा उक्लिएको छ। यो ११ स्थान सुधार्न श्रीलंकालाई नियमित अन्तर्राष्ट्रिय खेलको खाँचो छ।

श्रीलंकाले ६ महिनामा कम्तीमा सातवटा अन्तर्राष्ट्रिय खेल खेल्ने लक्ष्य लिएको छ, जसमा साफ सुपर कप मुख्य केन्द्रमा छ। यो प्रतियोगिता फिफा मान्यता प्राप्त हुने भएपछि श्रीलंकालाई वरीयतामा अंक संकलन गर्न सस्तो र व्यावहारिक उपाय बन्नेछ। श्रीलंकाले यो प्रतियोगितालाई प्रतिस्पर्धा मात्र होइन, सशक्त सन्देश दिने अवसरको रूपमा लिएको छ।

त्यति बेला नेपाल भने कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेली एसियन कप छनोटतर्फ लाग्ने अवस्थामा हुनेछ। भुटानसँग सहमति गर्न नसके, बंगलादेशसँगको खेल रद्द भए र श्रीलंकाले वैकल्पिक प्रतियोगिता सञ्चालन गरे नेपाल अन्तर्राष्ट्रिय फुटबलका घटनाक्रमहरूबाट क्रमश: अलगिँदै जाने छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता