काठमाडौं । इंग्ल्यान्डको युवा टिमले नाटकीय फाइनलको अतिरिक्त समयमा जर्मनीमाथि जित दर्ता गर्दै यू २१ युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।
सब्स्टिच्युट जोनाथन रोवले मैदान प्रवेश गरेको दुई मिनेटमै निर्णाय गोल गरेपछि ली कार्सलीले सम्हालेको इंग्ल्यान्डको युवा टिमले ब्रातिस्लाभामा उपाधि जितेको हो ।
इंग्ल्यान्डले दुई वर्षअघि पनि युरो यू २१ को उपाधि जितेको थियो, जुन उसले उपाधिको खडेरी ३९ वर्षप्छि तोडेको अवसर थियो ।
हार्वे इलियटले पाँचौं मिनेटमै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । ओमरी हकिन्सनले पहिलो हाफमै अग्रता दोब्बर बनाए । तर, नेल्सन वेइपरले पहिलो हाफको इन्ज्युरी समयमा हेडर गोल गर्दै जर्मनीलाई खेलमा फर्काइदिए ।
पल नेबेलले ६१ औं मिनेटमा गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो ।
अनि अतिरिक्त समय अर्थात् ९२ औं मिनेटमा जोनाथनको हेडर गोलमा इंग्ल्यान्ड फेरि च्याम्पियन बनेको हो ।
अब लगातार दुईपल्ट च्याम्पियन भएपछि प्रशिक्षक कार्सली टिममा बस्छन् कि बस्दैनन् भन्ने मुख्य चासो बनेको छ ।