काठमाडौं। न्युजिल्यान्डले अर्को महिना जिम्बाब्वेमा हुने टी–२० आई त्रिकोणात्म सिरिज खेल्ने टोलीमा एडम मिल्ने र बेभान ज्याकब्सलाई समावेश गरेको छ।
मिल्नेले अन्तिम पटक फेब्रुअरी २०२४ मा टी–२० खेलेका थिए। तर, गोलीगाँठोको शल्यक्रियाका कारण विश्वकप गुमाए। उनी मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। चार खेलमा उनले नौ विकेट लिएका छन्।
ज्याकब्सलाई पहिलो पटक क्रिसमसमा श्रीलंकाविरुद्धको टी–२० सिरिजमा बोलाइएको थियो।
मार्चमा आइपिएलको व्यस्त तालिकाका कारण पाकिस्तानविरुद्धको सिरिज गुमाएका ग्लेन फिलिप्स, रचिन रविन्द्र र कप्तान मिचेल स्यान्टनरजस्ता धेरै खेलाडी पुनरागमन गर्दैछन्। यद्यपि, डेभन कोन्वेले टोलीमा स्थान पाएका छैनन्।