• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

काठमाडौं। रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।

फ्रान्सको पेरिस अभियोजन कार्यालयले बिहीबार यो उजुरी परेको पुष्टि गरेको हो। रियलमा आबद्ध भइसकेका एमबाप्पेले आफ्नो पूर्वक्लब पिएसजीले ५५ मिलियन युरो (अन्दाजी ६१ मिलियन डलर) तलब नदिएको भन्दै गुनासो गरेका छन्।

एमबाप्पे क्लबबाट असन्तुष्ट छन्। २०२३–२४ सिजन सुरु हुनुअघि पिएसजीले उनलाई टिमबाट अलग राखेको थियो। उनले क्लबसँगको आफ्नो सम्झौता विस्तार नगर्ने निर्णय गरेपछि क्लबले उनलाई मुख्य टिमबाट बाहिर राखेको हो।

अभियोजन कार्यालयले जनाए अनुसार एमबाप्पेले पिएसजीमा आफूले ‘लफ्टिङ’को सिकार भएको बताएका छन्। ‘लफ्टिङ’ भन्ने शब्द फ्रान्समा खेलाडीलाई प्रशासनिक, अनुशासनजन्य वा खेलसम्बन्धी कारणले टिमबाट अलग राख्ने अभ्यासका लागि प्रयोग गरिन्छ।

एमबाप्पे गत समरमा रियलमा आबद्ध भएका थिए। पिएसजीका लागि सात वर्षमा २५६ गोल गर्दै उनी क्लबको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए। यस वर्ष पिएसजीले एमबाप्पेबिना नै च्याम्पियन्स लिग जितेको थियो।

तर, उनको क्लबसँगको सम्बन्ध तनावपूर्ण वातावरणमा अन्त्य भएको थियो। उनको अन्तिम घरेलु खेलमा पिएसजी समर्थकहरूले उनलाई हुर्ने गरेका थिए।

पिएसजीले सन् २०२२ मा उनलाई क्लबकै इतिहासमा सबैभन्दा ठूलो रकमको तलबसहित सम्झौता गराएका थियो। तर, एमबाप्पेले क्लबले वाचा गरेअनुसार केही मुख्य खेलाडी ल्याउन नसकेको भन्दै निराशा व्यक्त गर्दै आएका थिए। 

सन् २०२२ मा सम्झौता गर्दा उनलाई २०२५ अंकको जर्सी देखाएर प्रस्तुत गरिएको थियो। तर, त्यो सम्झौता २०२४ सम्म मात्रै रहेको र एक वर्ष थप्न खेलाडीको रोजाइमा रहेको बताइएको थियो।

सन् २०२३ को जुनमा एमबाप्पेले क्लबलाई आफूले सम्झौता नथप्ने जानकारी दिएपछि पिएसजी तनावमा आएको थियो। क्लबले उनलाई जापान र दक्षिण कोरियाको प्रि–सिजन भ्रमणमा लैजान अस्वीकार गर्‍यो। त्यसपछिका केही हप्तामा एमबाप्पे मुख्य टोलीबाट अलग्गिएर छुट्टै प्रशिक्षण गर्न बाध्य भएका थिए।

त्यही समयमा साउदी प्रो लिग क्लब अल–हिलालबाट आएको ३०० मिलियनको प्रस्तावसमेत एमबाप्पेले अस्वीकार गरेका थिए। सिजनको पहिलो खेलबाट पनि उनलाई टोलीबाहिर राखिएको थियो। तर, क्लबसँगको केही छलफलपछि उनी पुनः टोलीमा फर्किएका थिए।

एमबाप्पेले अप्रिल महिनामा आफ्नो कानुनी टोलीमार्फत क्लबविरुद्ध उत्पीडनसम्बन्धी कानुनी कदम चाल्ने घोषणा गरेका थिए। अहिले उनले सोही उजुरी पेरिस अभियोजन कार्यालयमा दर्ता गराएका हुन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
‘अल–नासर फरएभर’
‘अल–नासर फरएभर’
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग
इतिहास लेख्न आतुर रोनाल्डो
इतिहास लेख्न आतुर रोनाल्डो
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
भिनिसियसको गोल, रियल समूह विजेता
भिनिसियसको गोल, रियल समूह विजेता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बीर गणेशमान दौड ५ सयले दौडने
बीर गणेशमान दौड ५ सयले दौडने
महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा
महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP