बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

शुक्रबार, १३ असार २०८२खेलपाटी संवाददाता
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
Loading ad...
mustang rice ad

काठमाडौं। रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।

फ्रान्सको पेरिस अभियोजन कार्यालयले बिहीबार यो उजुरी परेको पुष्टि गरेको हो। रियलमा आबद्ध भइसकेका एमबाप्पेले आफ्नो पूर्वक्लब पिएसजीले ५५ मिलियन युरो (अन्दाजी ६१ मिलियन डलर) तलब नदिएको भन्दै गुनासो गरेका छन्।

एमबाप्पे क्लबबाट असन्तुष्ट छन्। २०२३–२४ सिजन सुरु हुनुअघि पिएसजीले उनलाई टिमबाट अलग राखेको थियो। उनले क्लबसँगको आफ्नो सम्झौता विस्तार नगर्ने निर्णय गरेपछि क्लबले उनलाई मुख्य टिमबाट बाहिर राखेको हो।

अभियोजन कार्यालयले जनाए अनुसार एमबाप्पेले पिएसजीमा आफूले ‘लफ्टिङ’को सिकार भएको बताएका छन्। ‘लफ्टिङ’ भन्ने शब्द फ्रान्समा खेलाडीलाई प्रशासनिक, अनुशासनजन्य वा खेलसम्बन्धी कारणले टिमबाट अलग राख्ने अभ्यासका लागि प्रयोग गरिन्छ।

एमबाप्पे गत समरमा रियलमा आबद्ध भएका थिए। पिएसजीका लागि सात वर्षमा २५६ गोल गर्दै उनी क्लबको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए। यस वर्ष पिएसजीले एमबाप्पेबिना नै च्याम्पियन्स लिग जितेको थियो।

तर, उनको क्लबसँगको सम्बन्ध तनावपूर्ण वातावरणमा अन्त्य भएको थियो। उनको अन्तिम घरेलु खेलमा पिएसजी समर्थकहरूले उनलाई हुर्ने गरेका थिए।

पिएसजीले सन् २०२२ मा उनलाई क्लबकै इतिहासमा सबैभन्दा ठूलो रकमको तलबसहित सम्झौता गराएका थियो। तर, एमबाप्पेले क्लबले वाचा गरेअनुसार केही मुख्य खेलाडी ल्याउन नसकेको भन्दै निराशा व्यक्त गर्दै आएका थिए। 

सन् २०२२ मा सम्झौता गर्दा उनलाई २०२५ अंकको जर्सी देखाएर प्रस्तुत गरिएको थियो। तर, त्यो सम्झौता २०२४ सम्म मात्रै रहेको र एक वर्ष थप्न खेलाडीको रोजाइमा रहेको बताइएको थियो।

सन् २०२३ को जुनमा एमबाप्पेले क्लबलाई आफूले सम्झौता नथप्ने जानकारी दिएपछि पिएसजी तनावमा आएको थियो। क्लबले उनलाई जापान र दक्षिण कोरियाको प्रि–सिजन भ्रमणमा लैजान अस्वीकार गर्‍यो। त्यसपछिका केही हप्तामा एमबाप्पे मुख्य टोलीबाट अलग्गिएर छुट्टै प्रशिक्षण गर्न बाध्य भएका थिए।

त्यही समयमा साउदी प्रो लिग क्लब अल–हिलालबाट आएको ३०० मिलियनको प्रस्तावसमेत एमबाप्पेले अस्वीकार गरेका थिए। सिजनको पहिलो खेलबाट पनि उनलाई टोलीबाहिर राखिएको थियो। तर, क्लबसँगको केही छलफलपछि उनी पुनः टोलीमा फर्किएका थिए।

एमबाप्पेले अप्रिल महिनामा आफ्नो कानुनी टोलीमार्फत क्लबविरुद्ध उत्पीडनसम्बन्धी कानुनी कदम चाल्ने घोषणा गरेका थिए। अहिले उनले सोही उजुरी पेरिस अभियोजन कार्यालयमा दर्ता गराएका हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन