काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार दक्षिण कोरियाको उल्सान हुन्डाईलाई १–० गोल अन्तरले हराउँदै डर्टमण्डले अन्तिम १६ को यात्रा तय गरेको हो ।
प्राप्त जितले डर्टमण्डलाई अन्तिम १६ मा मात्र पुर्याएन, जर्मन क्लब समूह विजेता पनि रह्यो ।
डेनियर स्वेन्सनले पहिलो हाफमा गरेको गोल डर्टमण्डलाई प्रि क्वार्टरफाइनल पुर्याउन पर्याप्त रह्यो ।
जर्मन क्लबले सुरुवातबाट आक्रमक प्रर्दशन गर्दै कोरियाली क्लबलाई दबाबमा राखेको थियो । खेलको ३६ औं मिनेटमा स्वेन्सनको गोलमा डर्टमण्डले अग्रता बनाएको थियो ।
डर्टमण्डले सात अंक सहित समूह एफको शीर्ष स्थानमा रह्यो । जो ब्राजिली टिम फ्लूमिनेन्स भन्दा दुई अंक अघि हो ।
समूहमा रहेको दक्षिण अफ्रिकी च्याम्पियन मामेलोडी सनडाउन्स चार अंक सहित तेस्रो स्थानमा रह्यो ।