काठमाडौं। नेपाली महिला राष्ट्रिय टोली एएफसी एसियन कप छनोट २०२६ खेल्न उज्बेकिस्तान पुगेछ। टोली बुधबार उज्बेकिस्तान पुगेको हो।
उज्बेकिस्तानमा निकै गर्मी छ। अहिलेको मौसम ३० डिग्री रहेको छ। मौसममा घुलमिल हुन मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले साँझ एकछिन वाकमा लगेका थिए।
तर, टोलीले बुधबार भने प्रशिक्षक गरेन। टोलीले लामो यात्रा गरेको कारण विल्डेले आज प्रशिक्षण नगराएका हुन्।
नेपाल रहेको समूह ‘एफ’ मा घरेलु टोली उज्बेकिस्तानसँगै श्रीलंका र लाओस छन्।
नेपालले आफ्नो छनोट यात्रा जुन २९ मा लाओसविरुद्ध खेल्दै सुरु गर्नेछ। त्यसपछि जुलाई २ मा श्रीलंका र जुलाई ५ मा आयोजक उज्बेकिस्तानसँग भिड्नेछ। समूहको शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ।