काठमाडौं। नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा तेस्रो स्थानमा कायम रहन सफल भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी तेस्रो स्थानमा कायम छन्। उनले २०९ रेटिङ पाएका छन्।
यता, ओपनर कुशल भुर्तेलले भने ६ स्थान सुधार गरेका छन्। उनी यसअघि ३८औं स्थानमा थिए। गुल्सनकुमार झा, रोहितकुमार पौडेल, कुशल मल्ल करण केसीको भने वरीयता खस्किएको छ।
नयाँ वरीयतामा गुल्सन ८ स्थान खस्किँदै ६०औं स्थानमा पुगेका छन्।
५ स्थान खस्किएका रोहित ६६ र कुशल ६ स्थान खस्किँदै ६७औं स्थानमा पुगेका छन्। यस्तै, करण पनि एक स्थान खस्किँदै ८१औं स्थानमा पुगेका छन्।