काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।
ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप क्वालिफायरका लागि उनलाई नियुक्त गरिएको हो।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुत्ती पत्र हस्तान्तरण गरेका हुन्।
सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह एचमा छ।