काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको विकल्पमा काठमाडौंकै जहरसिंह पैवामा फुटबल स्टेडियम बनाइने भएको छ।
सहरी विकाश मन्त्रालयका अनुसार २५ हजार सिट क्षमताको स्टेडियम बनाउन लागिएको हो। त्यसका लागि मन्त्रालयले २० करोड बजेट विनियोजन गरेको छ।
मन्त्रालयका अनुसार उक्त स्टेडियमको नाम गणेशमान सिंह अन्तर्राष्ट्रिय स्टेडियम रहने छ। नेपालमा एक मात्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्ट फुटबल रंगशाला दशरथ हो। तर, उचित मर्मतसम्भार र पुनर्निर्माण हुन सकेको छैन।
बारम्बार यो रंगशाला एएफसीबाट अस्वीकृति हुँदै आएको छ। मैदान खेल्न योग्य नहुँदा नेपालले आलोचना भोगिरहनु परेको छ। कहिले सुरक्षा व्यवस्थामा प्रश्न त कहिले रंगशाला नै असुरक्षित हुँदा नेपालले आफ्नो घरेलु खेल गुमाउँदै आइरहेको छ।