काठमाडौं। इङ्लिस क्बल चेल्सी फिफा क्लब विश्वकपको अन्तिम १६ मा बेन्फिकासँग खेल्ने भएको छ।
बुधबार अमेरिकाको लिंकन फाइनान्सियल फिल्डमा ट्युनिसियाको एस्पेरान्स स्पोर्टिभ डे ट्युनिसविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सीले अन्तिम १६ मा स्थान बनाएको हो।
जितसँगै ३ खेलमा ५ खंक जोडेको चेल्सी ‘डी’ को उपविजेता बन्यो। ब्राजिलियन क्लब फ्लेमेन्गो ७ अंकका साथ समूह विजेता बन्यो।
पराजित ट्युनिस भने समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको छ।
चेल्सीलाई जित दिलाउन तोसिन अदाराबियोयो, लियम डेलाप र टायरिक जर्जले गोल गरे।