काठमाडौं। सिंगापुर राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक सुतोमु ओगुराले राजीनामा दिएका छन्।
दुई वर्षको सम्झौता भएको १७ महिनामै उनले राजीनामा दिएका हुन्। सिंगापुर फुटबल संघ (एफएएस) ले ओगुरा जरुरी कारणले जापान फर्किएको बताएको छ। त्यसैले उनलाई कायम राख्ने प्रयास असफल भएको दाबी गरिएको छ।
फेब्रुअरी २०२४ मा जिम्मेवारी सम्हालेका ओगुराले सिंगापुरलाई आसियान च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्याएका थिए। हालै एसियाली कप छनोटमा जित हासिल गरेका थिए।
५८ वर्षीय ओगुरा सिंगापुरका लागि लगातार तेस्रो जापानी प्रशिक्षक थिए।
सिंगापुरलाई मार्च २१ मा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० ले पराजित गरेको थियो। नेपालको जितमा जेलेस्पीजंग कार्कीले १२औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।