काठमाडौं। युरोपेली पावरहाउस क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार बिहान सिएटल साउन्डर्सलाई २–० ले पराजित गर्दै क्लब विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। खेलमा सिएटलले एकपटक पनि लक्षित प्रहार गर्न सकेन।
पिएसजीले पहिलो गोल खेलको ३५औं मिनेटमा गरेको हो। भिटिन्हाको प्रहार ख्विचा ख्वारात्स्खेलियाको शरीरमा लागेर गोलमा परिणत भएको हो। ६६औं मिनेटमा अर्फ्राच हकीमीले ब्राडली बारकोलाको पास गरे।
समूह बीमा पिएसजीले एट्लेटिको मड्रिडसँग गोलअन्तरको आधारमा शीर्ष स्थान हासिल गर्यो। एट्लेटिकोले बोटाफोगोलाई १–० ले हराएको थियो।