काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मार्की कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
कुशलको कप्तानीमा चितवनले पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो।
सोही टोलीका कुशलसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो ।