काठमाडौं। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरेका छन्।
सोमबार उनले अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन्।
प्रतियोगिता आगामी जुलाई ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले गत बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ। नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ।
