काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली अपरान्ह्र स्वदेश फर्किन लागेको हो।
नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न उडेको थियो।
उक्त सिरिजमा नेपालले ३ जित हात पार्दा एक खेलमा पराजय बेहोर्न पर्यो। त्यसलगत्तै भएको टी–२० आई सिरिजमा पनि नेपालले ३ खेल जितेको थियो।