सुदूरपश्चिमले गर्यो दीपेन्द्रसहित ६ खेलाडीलाई रिटेन
शनिबार, असार ७, २०८२खेलपाटी संवाददाता
-1734511871.jpeg&w=3840&q=75)
काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
ऐरी नेपाली राष्ट्रिय टोलीका उपकप्तानसमेत हुन्। उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको सुदूरपश्चिमले जनाएको छ। उनकै कप्तानीमा सुदूरपश्चिम पहिलो सिजनमा फाइनलसम्म पुगेको थियो। तर, उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग पराजित हुन पुगेको थियो।
सुदूरपश्चिमले उनीबाहेक विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ।














