काठमाडौं। नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध ४ ओभरमै ३ विकेट गुमाएको छ।
सिरिजको अन्तिम खेलमा नेपालले १९४ रनको विशाल लक्ष्य पछ्याइरहेको छ। तर, ओपनर भुर्तेल भने ४ रनमै पभिलियन फर्किएका उनले ४ बल खेलेका उनले १ चौका मात्रै प्रहार गर्न सके।
उनी पहिलो ओभरको चौथो बलमै ब्रान्डन म्याकमुलनको बलमा फिनले म्याकार्थीबाट क्याच भएका हुन्।
तेस्रो नम्बरका भीम सार्कीले १० बलमा २ चौकासहित १२ रन बनाए। अर्का ओपनर ७ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाउँदै रन आउट भए।