काठमाडौं। नेपाली राष्ट्रिय टोलीका नियमित तीव्र गतिका बलर करण केसीलाई स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आराम दिइएको छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई घरेलु टोलीविरुद्धको खेलमा आराम दिएका हुन्।
योसँगै रिजन ढकालले टोलीमा स्थान बनाएका छन्। नेपालले टस हारेको छ। योसँगै स्कटल्यान्ड पहिला ब्याटिङमा उत्रिनेछ।