काठमाडौं। नेपालले स्कटल्यान्ड त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
तीन खेलमा २ जित र १ हार बेहोरेको नेपाल शीर्ष स्थानमा छ। साँझ ७:४५ बजे हुने खेल जित्दै नेपाल सिरिज उचाल्ने लक्ष्य हुनेछ।
अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्ड्सको समान ४ अंक भए छ। तर, नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा छ भने ३ मध्ये २ खेलमा पराजित भएको स्कटल्यान्ड २ अंकसहित तालिकाको पुछारमा छ।
स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा २ विकेटले हराउँदै सिरिजमा पुनरागमन गरेको थियो।
तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पाखा लगायो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।