फिट छन् मेसी
बिहिबार, ०५ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। इन्टर मियामीका मुख्य प्रशिक्षक जाभियर माश्चेरानोले क्लब विश्वकपअन्तर्गत पोर्टोविरुद्धको खेलमा लिओनल मेसी खेल्ने पुष्टि गरेका छन्।
बुधबारको प्रशिक्षणमा मेसीले आफ्नो बायाँ खुट्टामा समस्या महसुस गरेको भिडियो बाहिर आएको थियो। त्यसलगत्तै उनको फिटनेसबारे प्रश्न उठेको थियो।
तर, माश्चेरानोले प्रेस सम्मेलनमा उनीमा कुनै समस्या नरहेको स्पष्ट पारे। ‘मियामीबाट एटलान्टातर्फको यात्राका क्रममा मैले कतै त्यो भिडियो देखें। तर, लियोले पूरा ट्रेनिङ गरेका छन्। उनी फिट छन् र खेल्नेछन्,’ उनले भने।
मियामी पहिलो खेल अल अहलीविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो। उक्त खेल गुमाएका जोर्डी आल्बा पनि चोटमुक्त भई खेल्न तयार रहेको माश्चेरानोले जानकारी दिए। तर, उनले आल्बाले सुरुआत गर्ने वा बेञ्चबाट आउने भन्नेबारे खुलासा गर्न मानेनन्।









%20(1)-1777447778534.jpeg&w=3840&q=75)



