काठमाडौं। नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी यु–१६ इस्ट जोन कप खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार उक्त जानकारी दिएको हो। टोलीको कप्तानी भने शूर्यान्सु कोइरालाले गर्ने भएका छन्।
मलेसियामा हुने प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। नेपाल साबिकको विजेता हो। सन् २०२३ मा भएको अन्तिम संस्करणमा नेपालले मलेसियालाई पराजित गर्दै उपाधि हासिल गरेको थियो।
बिहीबारदेखि ६ जुलाईसम्म हुने यस संस्करणमा यी दुईबाहेक भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन्। यी सबै खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी– युकेएम ओभलमा हुनेछ।
