काठमाडौं। अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ नेपाली खेलाडी अन्सोल्ड भएका छन्।
बिबिएलको १६औं सिजनका लागि ड्राफ्टमा सन्दीपसहित देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद थिए। सन्दीपले यसअघि पनि बिबिएल खेलिसकेका छन्।
सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव थिएन। उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।
सन्दीप र ललितनारायण राजवंशी गत संस्करणको ड्राफ्टमा पनि थिए। तर, बिक्री भएका थिएनन्। यसपल्ट पनि सोही नियति दोहोरिएको हो।