काठमाडौं। घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।
खेल नेपाली समयअनुसार ७:४५ बजे हुनेछ। पहिलो खेलमा नेपालले दुर्भाग्यजनक हार बेहोरेको थियो। तीन सुपर ओभरसम्म पुगेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ विकेटले पराजित गर्यो।
तर, दोस्रो खेलमा भने नेपालले घरेलु टोलीलाई २ विकेटले नै पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरिसकेको छ।
यता, नेदरल्यान्ड्स भने लगातार दोस्रो जितसहित प्रतियोगितामा बलियो स्थितिमा पुगेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालालाई पराजित गर्दै पुनरागमन गर्न सफल रह्यो।
तेस्रो खेलमा अन्तिम बल अगाबै २ विकेटको जित निकाल्दै नेदरल्यान्ड्सले आत्मविश्वास बढाएको छ। नेपाल त्यही आत्मविश्वास तोड्ने र बदला लिने लक्ष्यमा हुनेछ।