बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु

बुधबार, ०४ असार २०८२खेलपाटी संवाददाता
बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
Loading ad...
mustang rice ad

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ।

नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा–१० ले कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोटर्स सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो। उक्त क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा–१० का अध्यक्ष नवराज भट्टराईले उद्घाटन गरेका थिए।

सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायत उपस्थिति थिए। नर्थ स्टार फुटबल एकेडेमी राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशालले नै सञ्चालनमा ल्याएका हुन्। उनी पनि यसै वडाका बासिन्दा हुन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई पनि यसै मैदानबाट खेल्दै उदाएकी थिइन्।

यस वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा–१० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिए। यस क्याम्पमा कुल ६० जना बालबालिका सहभागी छन्। हरेक बिहान ६:३० देखि ८:३० बजेसम्म सञ्चालन हुनेछ। 

राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनीष पौडेल र जयप्रकाश बोमजन छन्। ११ दिने प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताए।

उद्घाटनको अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पुर्‍याउने विभिन्न खेल विधाहरूलाई प्रोत्साहित गरिँदै आएको बताएका छन्। मेयर अधिकारीले ह्यान्डबल बहुउद्देश्यीय स्पोटर्स सेन्टरको दोस्रो चरणमा स्तरोन्नतीको काम छिट्टै अगाडि बढ्ने उल्लेख गरे।

सोही अवसरमा वडा–१० का अध्यक्ष नवराज भट्टराईले स्थानीय स्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताए। यस किसिमको कार्यक्रमले भविष्यका खेल प्रतिभाहरू उत्पादन गर्ने उनको विश्वास छ।

बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको भूमिका सशक्त बनाउने लक्ष्यसहित समर क्याम्पको सुरुआत गरिएको बुढानीलकण्ठ नगरपालिका वडा–१० का अध्यक्ष भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभव र व्यावसायिक रूपमा सफल खेलाडीको प्रशिक्षणबाट राम्रो जुनियर खेलाडी उत्पादनसँगै कुशल नागरिक बन्न प्रेरित हुने विश्वास व्यक्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन