काठमाडौं। पोर्चुगाली मिडफिल्डर बेर्नार्डो सिल्भा इङ्लिस क्लब म्यानचेस्टर सिटीको कप्तानमा नियुक्त भएका छन्।
पछिल्लो सिजन सिटीको लिडरशीप ग्रुपमा रहेका सिल्भाले यसपटक कप्तानको जिम्मेवारी पाएका हुन्।
३० वर्षीय सिल्भाको सिटीसँगको सम्झौता २०२६ सम्म छ। तर, सम्झौता नबढाउने संकेत दिएकाले यो उनको क्लबमा अन्तिम सिजन हुन सक्छ। २०१७ मा मोनाकोबाट सिटी आएका सिल्भा आफ्नो बाल्यकालको क्लब बेनफिकामा फर्कने चर्चा भइरहेका छन्।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि खेलाडी र स्टाफको मतदानबाट कप्तान छनोट गर्दै आएका थिए। यसपटक भने उनी आफैंले कप्तान रोज्नेका हुन्। सिल्भालाई कप्तान बनेसँगै रुबेन डियास, रोड्री र एर्लिङ हालान्डले उपकप्तानको जिम्मेवारी पाएका छन्।
गत वर्ष काइल वाकरलाई कप्तान बनाइएको थियो। वाकर जनवरीमा मिलान क्लबमा लोनमा गएका थिए। तर, स्थायी ट्रान्सफर नभएपछि उनी क्लबमा फर्किए पनि क्लब विश्वकपको टोलीमा समावेश गरिएको छैन।