• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
खेलपाटी संवाददाता
२ घण्टा अगाडि बिबिसी
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल

काठमाडौं। नेपालले इङ्ल्यान्डको घरेलु मैदान लर्ड्समा कहिले टेस्ट खेल्ला? यो धेरै नेपाली समर्थकको प्रश्न हो।

यही प्रश्न लिएर नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पुग्ने भएका छन्। पूर्वकप्तानसमेत रहेका पारस नेतृत्वको क्यानले भविष्यमा टेस्ट क्रिकेट खेल्ने लक्ष्य सार्वजनिक गरेको छ। 

यो सपनालाई जीवन्त बनाउन क्यानले आइसिसीको पूर्ण सदस्यता प्राप्त गर्न प्रयास गरिरहेको छ। हाल नेपाल आइसिसीको एसोसिएट सदस्य हो। टेस्ट क्रिकेट खेल्न पूर्ण सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ, जुन १२ राष्ट्रसँग मात्र छ। आयरल्यान्ड र अफगानिस्तान सन् २०१७ मा पछिल्लो पटक टेस्ट राष्ट्र बनेका हुन्।

पारसले बिबिसी स्पोर्ट्ससँग नेपालमा टेस्ट क्रिकेटको तीव्र चाहना रहेको बताएका छन्। ‘नेपाल भन्नासाथ सबैलाई एभरेस्ट चढ्ने देशले सम्झना आउँछ। टेस्ट क्रिकेट हाम्रो सपना हो, तर यसमा समय लाग्छ। हामीले सबै आवश्यक खुड्किला चढ्दै जानुपर्छ। एक दिन त्यो एभरेस्ट चढ्न सक्नुपर्छ, जसको अर्थ आइसिसीको पूर्ण सदस्यता र टेस्ट खेल्ने हैसियत हो,’ उनले भने।

आइसिसीले नेपाललाई सन् १९९६ देखि एसोसिएट राष्ट्रको मान्यता दिएको हो। पूर्ण सदस्य बन्नका लागि आइसिसीले तोकेको विभिन्न मापदण्ड क्यानले पूरा गर्नुपर्छ। नेतृत्व, प्रदर्शन, सहभागिता, घरेलु संरचना, पूर्वाधार तथा विकास कार्यक्रम थुप्रै शर्त छन्।

त्यसमध्ये केही शर्त क्यानले पूरा गर्ने प्रयास गरिरहेको छ। घरेलु टी–२० फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरु हुन लागेको छ। टेस्ट क्रिकेटको तयारीस्वरूप बहुदिने घरेलु रेड बल प्रतियोगिता पनि सुरु भइसकेको छ।

क्यानले महिला क्रिकेटमा पनि लगानी बढाएको छ। सेन्ट्रल कन्ट्याकमा खेलाडीलाई राखिएको छ। मैदानको पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि सरकारी बजेटसमेत प्राप्त गरेको छ।

आगामी जुलाई १७ देखि २० सम्म सिंगापुरमा हुने आइसिसीको वार्षिक महासभामा क्यानले अनौपचारिक रूपमा आफ्नो योजना सुनाउने लक्ष्य बनाएको छ।

‘कार्डियाक किड्स’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपालका खेलहरूले सधैं ठूलो संख्यामा दर्शक तान्ने गर्छ।

नेपाल गत वर्षको टी–२० विश्वकपमा छनोट भएको थियो। १० वर्षपछि उक्त मञ्चमा फर्किएको नेपाल दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दा १ रनले पराजित भएको थियो। दक्षिण अफ्रिका त्यो टोली हो, जसले फाइनल खेल्यो।

नयाँ प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपाल आगामी २०२६ को टी–२० विश्वकप र २०२७ को ५० ओभर विश्वकपमा पनि सहभागी हुने प्रयासमा छ। हाल नेपाली टोली ग्लासगोमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० त्रिकोणात्मक सिरिज खेलिरहेका छ।

क्रिकेट विश्वपकप लिग २ को अन्तर्गत डन्डीमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग भएका नाटकीय खेल प्रदर्शनले नेपालको ‘कार्डियाक किड्स’ उपनामलाई अझ पुष्टि गरेको छ।

नेपालका कप्तान रोहित पौडेलले बीबीसी स्पोर्टसँग भने,‘पछिल्ला करिब १० वर्षदेखि हाम्रो क्रिकेट यस्तो छ, जहाँ प्रत्येक खेल अन्तिम बलसम्म पुग्छ। कार्डियाक किड्स भनेर हामीलाई किन भनिन्छ भने कहिलेकाँही असहज अवस्थामा पनि जित्ने मौका खोज्न हामी अन्तिमसम्म लड्छौं।’

उनले थपे,‘२०१६ मा नेपालले एमसीसीसँग लर्ड्समा खेल्दा जितेको थियो। यदि हामी एकदिन त्यहीँ इङ्ल्यान्डसँग टेस्ट खेल्न सक्यौं भने त्यो हाम्रो लागि मात्र होइन, देशका लागि गर्वको कुरा हुनेछ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिल्भा सिटीको नयाँ कप्तान
सिल्भा सिटीको नयाँ कप्तान
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP