काठमाडौं। नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार घरेलु टोलीलाई चुनौती प्रस्तुत गर्दैछ।
ग्लासगोमा खेल साँझ ७:४५ बजेबाट हुनेछ। यी दुई टोली १२ वर्षपछि टी–२० फर्म्याटमा भिड्न लागेका हुन्।
स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो। नेपालले भने तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग २ विकेटको हार बेहोरेको थियो।
त्यसैले नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ। नेपाल र स्कटल्यान्डबीच हालसम्म एक मात्रै टी–२० खेल भएको छ।
१८ नोभेम्बर २०१३ मा आइसिसी विश्वकप टी–२० क्वालिफायरअन्तर्गत भएको खेलमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो। त्यसयता नेपाल र स्कटल्यान्ड पहिलोपल्ट भिड्न लागेका हुन्।