पोखरा। न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।
पोखरा कभर्डहलमा मंगलबार सम्पन्न पहिलो खेलमा न्यु डाइमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
एभरेस्टले कुनै पनि सेटमा न्यु डाइमन्डलाई चुनौती दिन सकेन। पहिलो सेट न्यु डाइमन्डले २५–११ ले जितेको थियो। त्यसपछिका दुई सेट भने २५–१८ र २५–१० ले आफ्नो बनाएको हो।
मंगलबार नै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई पनि ३–० को सोझो सेटले नै पाखा लगाएको थियो।