१५ मिनेट नबित्दै लाओससँग खायो गोल
मंगलबार, जेठ २८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा १५ मिनेट नबित्दै घरेलु टोली लाओससँग गोल खाएको छ।
न्यु लाओसन नेसनल स्टेडियममा जारी खेलमा लाओसले १–० को अग्रता लिएको हो।
लाओसले खेलको १३औं मिनेटमा दामोथ थोङ्खामसभतको गोलमार्फत अग्रता लिएको हो।












