काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ।
योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। अघिल्ला ३ खेलमा नेपालले पहिला बलिङ गरेको थियो।
तीमध्ये स्कटल्यान्डविरुद्ध १ र नेदरल्यान्ड्सविरुद्धको खेलमा ५ विकेटको जित निकालेको थियो। तर, अर्को खेलमा भने नेपाल घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित हुन पुगेको थियो।