काठमाडौं। कप्तान रिची बेरिङ्टन र म्याथ्यू क्रसको शतकीय साझेदारीसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ मा ३२४ रनको विशाल लक्ष्य पाएको छ।
पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको हो। रिचीले सर्वाधिक १०२ रन बनाए। ११४ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। रिची र क्रसले छैटौं विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए।
६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका क्रस ९६ रनमा अविजित रहे। चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८ रन बनाए। मार्क वार्ट २१ रनमा अविजित रहे।
नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए।