काठमाडौं। यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता मूलपानीको दुई क्रिकेट मैदानमा हुने आइतबारदेखि सुरु हुँदैछ।
आइतबार कोशी र सुदूरपश्चिम माथिल्लो मूलपानी क्रिकेट रंगशालामा भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ। सोही समय तल्लो मूलपानी क्रिकेट रंगशालामा बागमती र लुम्बिनी प्रदेश भिड्नेछन्।
दिउँसो १ बजे मधेशले कर्णाली प्रदेशलाई माथिल्लो मूलपानीमा चुनौती प्रस्तुत गर्नेछ।
प्रतियोगितामा सहभागी ७ प्रदेशलाई २ समूहमा विभाजन गरिएको छ। समूह ए मा कोशी, सुदूरपश्चिम, मधेश र कर्णाली छन्।
अर्को समूहमा बागमती, गण्डकी र लुम्बिनी छन्।