काठमाडौं। लुम्बिनी प्रदेशले यु–१६ क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
कालिन्चोक क्रिकेट मैदानमा शुक्रबार कर्णाली प्रदेशविरुद्ध ८ विकेटको सहज जित हासिल गर्दै तालिकामा फड्को मारेको हो। तीन खेलमा लुम्बिनीले ४ अंक पुर्याएको छ। पराजित कर्णालीको पनि ४ खेलबाट ४ अंक नै छ। तर, नेटरनरेटले लुम्बिनी अघि छ।
कर्णालीले दिएको ९३ रनको लक्ष्य लुम्बिनीले १४.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीको जितमा आरिफ खानले अविजित रहँदै सर्वाधिक ३६ रन बनाए। उनले १९ बलमा ७ चौका प्रहार गरे।
केशव विष्टले अविजित २८ र कप्तान समीर अली मुलसमानले २७ रनको योगदान दिए। कर्णालीका कप्तान विपिनप्रसाद शर्मा र रोशन शाहीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो।
कर्णालीका रोशन शाहीले सर्वाधिक ३३ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका प्रहार गरे। कस्तुप खड्का १७ र विजयी शाही १३ रन आउट भए।
लुम्बिनीका शुभम खनालले सर्वाधिक तीन लिए। १० ओभर बलिङ गरेका उनले ४ मेडनसहित ४९ रन खर्चिए। लक्ष्मण कुमाल, प्रिन्स पाल र चन्द्र थापाले समान २ विकेट आफ्नो नाममा लेखाए।