शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रसले अर्को इतिहास कोर्लान्?

बिहिबार, २२ जेठ २०८२सन्ध्या ढुंगाना
रसले अर्को इतिहास कोर्लान्?
Loading ad...
mustang rice ad

काठमाडौं। म्याट रसको नाम फुटबलमा आउँदा धेरैको मानसपटलमा तीन तस्बिर झल्झलिन्छ– सिंगापुरको नेसनल स्टेडियम, मिति मार्च २१, २०२४ र जेलेस्पिजंघ कार्कीको निर्णायक गोल। त्यो दिन नेपाली फुटबलका लागि ऐतिहासिक थियो।

रसको मुख्य प्रशिक्षकको हैसियतमा डेब्यू भएको त्यो रात नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हराउँदै ३६ वर्षको जितको खडेरी तोडेको थियो। रस अब फेरि एक अर्को ऐतिहासिक रच्ने संघारमा छन्।

बिहीबार साँझ ५:४५ बजे नेपालले कोनपोस्थित हङकङ नेसनल स्टेडियममा घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। जुन टिमसँग नेपालको पछिल्लो प्रतिस्पर्धा ३७ वर्षअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो।

सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल गोलरहित बराबरीमा सकियो। त्यसयता नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन।

रसलाई थाहा छ, यो मैत्रीपूर्ण खेल मात्र होइन। यो नेपाल र हङकङबीचको तीन दशकभन्दा लामो पर्खाइको उत्तर हो। त्यो पर्खाइ, जसमा नेपाली फुटबलले संघर्ष र निराशाका क्षण भोगिसकेको छ। बुधबार आयोजित प्रि–म्याच प्रेस कन्फरेन्समा उनले यस निराशालाई आशामा परिणत गर्नसक्ने आत्मविश्वास देखाए।

‘हङकङ बलियो टोली हो। तर, हामीले पछिल्लो एक महिनाको कठिन अभ्यास गरेका छौं। त्यसले हामी आत्मविश्वासी छौं,’ उनले भने। रसका अनुसार लाओसविरुद्धको एसियन कप छनोट खेलअघि यस किसिमको प्रतिस्पर्धी सामना गर्नु नेपालका लागि सकारात्मक तयारी हो।

उनले थपे, ‘हामीले अल्टिच्युड ट्रेनिङ समेत गरेका छौं र टिम पूर्ण रूपमा तयार छ। हङकङविरुद्ध प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ। हामी त्यसका लागि तयार छौं।’

हङकङ नेसनल स्टेडियममा समुद्री सतह नजिकैको समथर भूभागमा छ। त्यसैले यो हाई अल्टिच्युड क्षेत्र भने होइन। यो स्टेडियममा खेल्दा खेलाडीले ‘अल्टिच्युड एडेप्टेसन’को चुनौती भोग्नुपर्दैन। तर, रसले टिमको क्षमता बढाउन मुस्ताङमा ५ दिन फिटनेस र एन्डुरेन्समा केन्द्रित हाई अल्टिच्युड प्रशिक्षण गराएका छन्।

यसको उदेश्य भने खेलाडीबीचको सम्बन्ध र फिटनेसमा सुधार गर्नु रहेको उनी बताउँछन्। यसले पनि हङकङविरुद्ध मैदान उत्रिँदा फाइदा पुग्ने उनको भनाइ छ।

नेपालले झैं एएफसी एसियन कप छनोट २०२६ खेल्ने तयारीमा रहेको हङकङ पछिल्ला ५ खेलमा अपराजित छ। यो टोलीले अन्तिमपल्ट लिकटेन्स्टाइनलाईसँग गत अक्टोबर १० मा १–० को हार बेहोरेको थियो।

उक्त मैत्रीपूर्ण खेलयता हङकङले कम्बोडिया, फिलिपिन्स, मौरिसस, मकाउलाई पराजित गरेको छ। सिंगापुरसँग गोलरहित बराबरी खेलेको छ। रसको आगामनसँगै सानदार सुरुआत गरेको नेपालले भने एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा मलेसियालाई २–० को नतिजा सुम्पिएको थियो। रस उक्त प्रतियोगितामा फर्किनुअघि यो खराब नतिजाबाट पुनरागमन गर्ने लक्ष्यमा हुनेछन्।

एसियन कपको छनोटमा नेपाललाई दोस्रो चरणसम्म लैजाने लक्ष्य बुनेका रसले हङकङसँग खेल्न दुई नयाँ अनुहारलाई टोलीमा समेटेका छन्। उनले यसपल्ट युवा मिडफिल्डरद्वय कुशल देउवा र श्रृजनराज गौतमलाई टोलीमा पहिलोपल्ट स्थान दिएका छन्।

उनी मैत्रीपूर्ण खेलमा नयाँ नयाँ प्रतिभालाई परीक्षण गर्न रुचाउँछन्। अघिल्लोपल्ट फरवार्ड सुवास बमलाई पनि पहिलोपल्ट टोलीमा समेट्दै सिंगापुरविरुद्ध डेब्यु गराएका थिए। हङकङको विजयी यात्रामा पूर्णविराम लगाउने र लाओसलाई पराजित गर्दै पहिलो अंक जोड्ने लक्ष्य राखेका उनले यसपल्ट पनि यी दुई खेलाडीलाई डेब्यु गराउने सम्भावना उच्च छ। 

टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रसको भनाइलाई समर्थन गर्दै हङकङलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रिने बताउँछन्। ‘हामी विपक्षीलाई सम्मान गर्छौं तर पाहुनाका रूपमा। हामी जितको लक्ष्यसहित मैदानमा उत्रनेछौं,’ उनले भने।

नेपालले बुधबार साँझ अन्तिम अभ्यास पूरा गरेको थियो। हङकङ भने भर्खरै यही मैदानमा एसिया टुरमा निस्किएको इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध ३–१ को हार बेहोरे थियो।

फिफा विश्व वरियता (१५३औं)ले नै देखाउँछ, कम्तीमा पनि कागजी रूपमा हङकङ नेपालभन्दा बलियो टोली हो। तर, फुटबल कागजमा खेलिँदैन। सिंगापुरलाई हराउँदा जसरी इतिहासको पानामा सुनौलो अक्षर कोरेका थिए, हङकङविरुद्ध पनि रस त्यसै गर्ने लक्ष्यमा छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

२०३० सम्म आर्सनलमै रहने भए साका

२०३० सम्म आर्सनलमै रहने भए साका

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक