आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित

काठमाडौं। मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय इनिङ्ससँगै स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार आफ्नो दोस्रो नेपालले अंक तालिकामा शीर्ष दुईमा रहेको नेदरल्यान्ड्समाथि ५ विकेटको जित हासिल गरेेको हो।
लगातार दोस्रो जितसँगै सातौं स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक पुर्याएको छ। नेदरल्यान्ड्स २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ।
नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपाललाई लगातार जित दिलाउन आरिफले सर्वाधिक ७८ रन बनाए। ९९ बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे।
दीपेन्द्रसिंह ऐरिले ५१ बलमा तीन चौकासहित ३८ रनको इनिङ्स खेले। ओपनर कुशल भुर्तेल २५, रोहित पौडेल २३, आसिफ शेख १९ र भीम शार्की तथा गुल्सनकुमार झाले समान ११ रनको योगदान दिए।
नेदरल्यान्ड्सका माइकल लेभिटले सर्वाधिक दुई विकेट लिए। १० ओभरमा बलिङ गरेका उनले ४३ रन खर्चिए। भिभिएन किङ्मा र पल भान मिकेरेनको नाममा समान एक विकेट रह्यो।
त्यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो।














-1762660030983.webp&w=3840&q=75)
