क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
बुधबार, जेठ २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको हो। नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका छन्।
नेपालले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो।














-1762660030983.webp&w=3840&q=75)
