शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई

मंगलबार, २० जेठ २०८२अर्जुन काफ्ले
कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
Loading ad...
mustang rice ad

पथरी। आयोजक  कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधिजितेको छ। मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा आयोजक टिमले डाँस मोरङी क्लबलाई ४ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। डाँसका उमर सानीले सर्वाधिक ३२ रन बनाए। रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान दिए।

बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले सर्वाधिक ३ विकेट लिए। मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २/२ विकेट तथा अभी लिम्बू र नितेश साहनीले १/१ विकेट लिए।

१२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतीमा पूरा गर्‍यो। जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्त्वपूर्ण रहे। डाँसका आरके मण्डलले ३ विकेट विकेट लिए। प्रदीप मण्डलले २ विकेट लिए।

व्यक्तिगत विधामा पनि आयोजक टिमको वर्चस्व
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित भए। उनी फाइनलमा समेत म्यान अफ द म्याच घोषित भए। उत्कृष्ट ब्याटरको उपाधि सोनु मण्डलले पाउँदा उत्कृष्ट बलर डाँसका उमर सानी घोषित भए। उदीयमान खेलाडीको रूपमा पथरीशनिश्चरे क्रिकेट क्लबका अभिषेक बिक बाला छनोट भए।

विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो। मौसमको कारण आइतबार तय गरिएको फाइनल खेल मंगलबार सम्पन्न गरिएको हो। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान