काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा फाइनल प्रवेश गर्न मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्ने भएका छन्।
इलिमिनेटरमा शुक्रबार गुजरात जायन्ट्सलाई २० रनले पराजित गर्दै मुम्बईले क्वालिफायर २ मा पञ्जाबसँगको भेट पक्का गरेको हो। क्वालिफायर २ को विजेताले रोयल च्यालेन्जर्स बैंग्लुरुसँग उपाधिका लागि खेल्ने छ। गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ।
मुम्बईले दिएको २२९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो।
गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ८० रन बनाए। ४९ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे।
वासिङ्टन सुन्दरले २४ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाए। शेरफाने रुथेर्फर्ड २४, कुशल मेन्डिस २०, राहुत तेवातिया १७ र शाहरुख खान १३ रनमा आउट भए।
मुम्बईका टेन्ट्र बोल्टले सर्वाधिक २ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको मुम्बईले ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो।
मुम्बईका ओपनर रोहित शर्माले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। उनी र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।
२२ बल खेलेका जोनीले ४ चौका र ३ छक्कासहित ४७ रन बनाए। सूर्यकुमार यादव ३३ र तिलक बर्मा २५ रनमा आउट भए। गुजरातका प्रशिद्ध कृष्ण र साई किशोरले समान २ विकेट लिए।