शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात

शुक्रबार, १६ जेठ २०८२खेलपाटी संवाददाता
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
Loading ad...
mustang rice ad

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) इलिमिनेटरमा शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन्।

खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यो खेल हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ र विजेता टोलीले क्वालिफायर–२ खेल्नेछ। दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुँदैछन्।

यसअघि यी दुई टोली २०२३ को क्वालिफायर–२ मा भिडेका थिए। उक्त खेलमा गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो। आइपिएलमा मुम्बई र गुजरात अहिलेसम्म ६ पल्ट आमुन्नेसामुन्ने भएका छन्।। जसमध्ये गुजरातले ५ खेल जितेको छ। मुम्बईले भने २ खेल मात्र जितेको छ।

दुवै टोली यस सिजनमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि दुई खेल खेल्दा गुजरातले दुवै पटक जितेको थियो। दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्नेछन्।

मुम्बईले पाँचौं पटक इलिमिनेटर खेल्न लागेको हो। यसअघि सन् २०११, २०१२, २०१४ र २०२३ मा मुम्बईले इलिमिनेटर खेलेको थियो। यी सबै सिजनमा टोली फाइनलसम्म पनि पुग्न सकेन, उपाधि जित्ने त परको कुरा। २०११ र २०२३ मा इलिमिनेटर जितेको इलिमिनेटर क्वालिफायर–२ मा हारेको थियो। सन् २०१२ र २०१४ मा इलिमिनेटरबाटै बाहिरिएको थियो। गुजरातले भने पहिलोपल्ट इलिमिनेटर खेल्न लागेको हो।

मुम्बईको शीर्ष अर्डर उत्कृष्ट लयमा छ। पूर्व कप्तान रोहित शर्माले ३ अर्धशतक र १४७.५३ को स्ट्राइक रेटसहित ३२९ रन बनाएका छन्। मुम्बईका सर्वाधिक स्कोरर सूर्याकुमार यादव यस सिजनमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उनले १६७.९७ को स्ट्राइक रेटमा ६४० रन बनाएका छन्।

बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्टले मुम्बईबाट सबैभन्दा धेरै विकेट लिएका छन्। उनले १४ खेलमा १९ विकेट लिएका छन्। जसप्रीत बुमराहले अहिलेसम्म १० खेलमा १७ विकेट लिएका छन्।

यस सिजनमा गुजरातका ओपनरहरू पनि उत्कृष्ट लयमा छन्। बायाँ हाते ब्याटर साई सुदर्शन सिजन र टोलीको सर्वाधिक रनकर्ता हुन्। उनले अहिलेसम्म १५५.३७ को स्ट्राइक रेटमा ६७९ रन बनाएका छन्। उनले यस सिजनमा ५ अर्धशतक बनाएका छन्। कप्तान शुभमन गिलले अहिलेसम्म ६ अर्धशतकसहित ६४९ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५६.३८ छ। गिल सिजनको दोस्रो सर्वाधिक रनकर्ता हुन्।

तीव्र गतिका बलर प्रसिद्ध कृष्ण सिजनमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। उनले अहिलेसम्म १४ खेलमा २३ विकेट लिएका छन्। यस अवधिमा उनको इकोनोमी रेट ७.९० रहेको छ। प्रसिद्ध सर्वाधिक विकेट लिने बलर चेन्नई सुपर किंग्सका नूर अहमदभन्दा एक विकेट पछाडि छन्। टोलीमा मोहम्मद सिराज र इशान्त शर्माजस्ता अनुभवी बलरहरू पनि छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान