• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १७, २०८२ खेलपाटी संवाददाता
प्लेअफमा दोस्रो पटक भिड्दै मुम्बई र गुजरात

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) इलिमिनेटरमा शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन्।

खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यो खेल हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ र विजेता टोलीले क्वालिफायर–२ खेल्नेछ। दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुँदैछन्।

यसअघि यी दुई टोली २०२३ को क्वालिफायर–२ मा भिडेका थिए। उक्त खेलमा गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो। आइपिएलमा मुम्बई र गुजरात अहिलेसम्म ६ पल्ट आमुन्नेसामुन्ने भएका छन्।। जसमध्ये गुजरातले ५ खेल जितेको छ। मुम्बईले भने २ खेल मात्र जितेको छ।

दुवै टोली यस सिजनमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि दुई खेल खेल्दा गुजरातले दुवै पटक जितेको थियो। दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्नेछन्।

मुम्बईले पाँचौं पटक इलिमिनेटर खेल्न लागेको हो। यसअघि सन् २०११, २०१२, २०१४ र २०२३ मा मुम्बईले इलिमिनेटर खेलेको थियो। यी सबै सिजनमा टोली फाइनलसम्म पनि पुग्न सकेन, उपाधि जित्ने त परको कुरा। २०११ र २०२३ मा इलिमिनेटर जितेको इलिमिनेटर क्वालिफायर–२ मा हारेको थियो। सन् २०१२ र २०१४ मा इलिमिनेटरबाटै बाहिरिएको थियो। गुजरातले भने पहिलोपल्ट इलिमिनेटर खेल्न लागेको हो।

मुम्बईको शीर्ष अर्डर उत्कृष्ट लयमा छ। पूर्व कप्तान रोहित शर्माले ३ अर्धशतक र १४७.५३ को स्ट्राइक रेटसहित ३२९ रन बनाएका छन्। मुम्बईका सर्वाधिक स्कोरर सूर्याकुमार यादव यस सिजनमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उनले १६७.९७ को स्ट्राइक रेटमा ६४० रन बनाएका छन्।

बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्टले मुम्बईबाट सबैभन्दा धेरै विकेट लिएका छन्। उनले १४ खेलमा १९ विकेट लिएका छन्। जसप्रीत बुमराहले अहिलेसम्म १० खेलमा १७ विकेट लिएका छन्।

यस सिजनमा गुजरातका ओपनरहरू पनि उत्कृष्ट लयमा छन्। बायाँ हाते ब्याटर साई सुदर्शन सिजन र टोलीको सर्वाधिक रनकर्ता हुन्। उनले अहिलेसम्म १५५.३७ को स्ट्राइक रेटमा ६७९ रन बनाएका छन्। उनले यस सिजनमा ५ अर्धशतक बनाएका छन्। कप्तान शुभमन गिलले अहिलेसम्म ६ अर्धशतकसहित ६४९ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५६.३८ छ। गिल सिजनको दोस्रो सर्वाधिक रनकर्ता हुन्।

तीव्र गतिका बलर प्रसिद्ध कृष्ण सिजनमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। उनले अहिलेसम्म १४ खेलमा २३ विकेट लिएका छन्। यस अवधिमा उनको इकोनोमी रेट ७.९० रहेको छ। प्रसिद्ध सर्वाधिक विकेट लिने बलर चेन्नई सुपर किंग्सका नूर अहमदभन्दा एक विकेट पछाडि छन्। टोलीमा मोहम्मद सिराज र इशान्त शर्माजस्ता अनुभवी बलरहरू पनि छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
रोहितको अर्धशतक
रोहितको अर्धशतक
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
बंगलादेशले इन्डोनेसियालाई रोक्यो
बंगलादेशले इन्डोनेसियालाई रोक्यो
हाउन्ड्स र टाइम्स विजयी
हाउन्ड्स र टाइम्स विजयी
रियल लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी क्लब
रियल लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी क्लब
रोहितको अर्धशतक
रोहितको अर्धशतक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP