नेपालको लज्जास्पद हार
शुक्रबार, जेठ १७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
बिहीबार राति सम्पन्न खेलमा नेपाल १०२ रनले पराजित भएको हो। स्कटल्यान्ड ‘ए’ले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले २९.४ ओभरमा सबै विकेट गुमाँदै ११० रन मात्रै बनाउन सक्यो।
नेपालका आसिफ शेखले सर्वाधिक ४४ रन बनाए। कप्तान रोहितकुमार पौडेलले १७ र गुल्शनकुमार झाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
















