काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोर ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
बिहीबार भएको क्वालिफायर–१ मा बैंग्लोरले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो। ओपनर फिल साल्टले अर्धशतक बनाए। जोश हेजलवुड र सुयश शर्माले ३–३ विकेट लिए। सुयश खेलको प्लेयर अफ द म्याच भए।
बैंग्लुरुले बिहीबार चण्डीगढको महाराजा यादविन्द्र सिंह रंगशालामा बलिङ गर्ने निर्णय गरेको थियो। पञ्जाब किंग्सले १४.१ ओभरमा १०१ रन मात्र बनाउन सक्यो। मार्कस स्टोइनिसले २६ रन बनाए। यश दयालले २ विकेट लिए। बैंग्लोरले १० ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
कप्तान रजत पाटीदारले छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्याए। बैंग्लोर चौथो पटक आइपिएलको फाइनलमा पुगेको हो। टोलीले अन्तिम पटक २०१६ मा फाइनल खेलेको थियो। तर, उपविजेतामा बनेको थियो। बैंग्लोरले अब जुन ३ मा अहमदाबादमा फाइनल खेल्नेछ।
अर्कोतर्फ, पञ्जाब किंग्सले जुन १ मा क्वालिफायर–२ मा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटर खेल शुक्रबार मुम्बई इन्डियन्स र गुजरात जायन्ट्सबीच खेलिनेछ।