काठमाडौं। सरकारले चार क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
काठमाडौंको मूलपानी, मोरङको गिरिजाप्रसाद, कैलालीको फाफ्ला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ छुट्टाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।
यस्तै, सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरउन्नती गर्न ४० करोड बजेट विनियोजन गरेको छ।
सन् १९९८ मा बनेको उक्त मैदानले २७ वर्षपछि पारापिट र फ्लड लाइट पाउन लागेको छ। यसवर्ष नै उक्त मैदानमा १० हजार दर्शक क्षमताको पारापिट बनाइने लक्ष्य लिइएको छ। अर्को वर्ष भने पारापिटमा छानो हाल्ने लक्ष्य राखिएको छ।
सरकारले यी पाँच क्रिकेट रंगशालाका लागि मात्रै ८२ करोड रुपैयाँ छुट्टाएको छ।