काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुन पहिलो साता आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग एकदिवसीय सिरिज खेल्दैछ।
उक्त सिरिजअघि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार निक पोथासलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ।
स्कटल्यान्ड पुगिसकेको नेपालले लिग २ अघि घरेलु टोलीको ए टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ।
त्यसपछि लिग २ शृंखला सुरु हुनेछ। नेपालले जुन २ मा स्कटल्यान्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्यान्डसँग खेल्ने छ।
त्यस्तै जुन ८ मा पुन: स्कटल्यान्डसँग तथा जुन १० मा नेदरल्यान्डसँग खेल्नेछ।